ब्रिजवन । हिजो अक्टोबर ९ तारिखका दिन साउथ पाइन स्पोर्ट्स कम्प्लेक्समा आयोजना गरिएको ‘NAQ दशैं विशेष कार्यक्रम’ क्विन्सल्याण्ड राज्यको ब्रिजवन शहर आसपासका क्षेत्रबाट आएका नेपालीहरुको उत्साहजनक तथा उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ ।

संस्था स्थापना हुनु अधिदेखि हरेक बर्ष खास मानिदैआएको ‘फुटबल खसी बाजि’ यस पटक पनि आकर्षक बन्यो । खेलमा ६ टिमले सहभागिता जनाएका थिएभने १९ बर्ष मुनिका ‘दोस्रो पुस्ता’को टिमले उपाधी जितेको छ । फाइनलमा पुगेको गोर्खा एफसीले निर्धारित समयमा दोस्रो पुस्तालाई २-२ को बराबरीमा रोक्न सफल भएतापनी थप गरिएको अतिरिक्त समयमा ४-२ को गोलअन्तरले दोस्रो पुस्ता बिजेता बनेको थियो । दोस्रो पुस्ताको जीतका लागि पहिलो गोल रिदम नेपालीले गरेका थिए त्यस्तै, दोस्रो गोल प्रसिद्ध पौडेलले गरेभने थप गरिएको अतिरिक्त समयमा आर्यन ढकाल र स्वान्सन श्रेष्ठले एकएक गोल गरेका थिए ।

‘खसी बाजी’संगै आयोजना गरिएको अन्य थुप्रै कार्यक्रममा नेपालीहरुले भरपुर मनोरञ्जन गरे । बालबालिकाहरु लागी जम्पिङ क्यासलमा रमाइरहेका थिए । नेपाली रेस्टुरेन्ट व्यावसायिले नेपाली खाजाका सेटहरु कार्यक्रम स्थलमै उपलब्ध गराएका थिए । कार्यक्रम बिहान ९ बजेदेखि नै सुरुभएको थियो ।



