आदरणीय, Queensland बासी नेपाली दाजुभाइ दिदिबहिनीहरू सबैमा नमस्कार !
Nepalese Association of Queensland (NAQ)द्वारा आयोजित ‘NAQ फुटबल खसी म्याच २०२१’ तथा दशैं, तिहार र छठ विशेष शुभकामना आदानप्रदान कार्यक्रम गतहप्ता मात्रै उल्लेखनीय उपस्थितिका साथ सम्पन्न भयो । खेलमा बिजेता टोलि Next Gen (दोस्रो पुस्ता) तथा उप -बिजेता टोलि (Gorkha FC) लाई बधाई तथा सहभागि टिमहरु ( FYFC, Rising Star, Toowoomba FC, BNFC) लाई धन्यबाद दिन चाहान्छौं । साथै, ४५ बर्ष माथि उमेर समुहको Soccer गेममा सहभागी Brisbane North र Brisbane South टिम तथा महिला खेलमा सहभागिहरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं ।
कार्यक्रममा हामीलाई सहयोग गर्नुहुने सामाजिक संस्था NRNA, SCC Queensland, QNCC लगायत सबै संघसंस्थाहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । त्यसैगरी, हामीलाई आर्थिक रुपमा सहयोग रकम उपलब्ध गराउनु हुने स्पोन्सरहरु Sapphire Estate Agents Queensland SV Solar , Kathmandu NEWA Chhe’n , Himalayan Business Group (Education & Visa Services, Brisbane) Vibrant Ayurveda , Ebullient Automotive , ISAN Education Brisbane , NovaEducation Migration Brisbane , Finance Concepts – providing solutions to your loan needs, APAC Geospatial, Australia Next Technology and Cross roads Realty लगायत तपाईहरू सबैलाई NAQ team हृदय देखि नमन गर्न चाहन्छौं । साथै, कार्यक्रममा सहभागी खेलाडीहरू, खेल सञ्चालनमा Judge को भूमिका निर्वाह गर्नुभएका आदरणीय दाजुहरू, Volunteer साथीहरू, खानामा सहयोग गर्नुहुने Kathmandu Newa Chhe’n, खेलाडी हरूलाई फलफुल उपलब्ध गराईदिनुहुने Strathpine Fruit Barn, क्यामेरामा सहयोग गर्नुहुने साथीहरू, तथा यस समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरिदिने ‘नेपाल ट्युव अष्ट्रेलिया’, ‘समाचार विशेष अनलाइन” लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । तपाईहरूको सहयोग बिना यो कार्यक्रम सम्भव थिएन । तपाईहरूको सहभागिताले हामीलाई अझै हौसला बढाएको छ । आशा गर्छौ, आगामी दिनहरुमा समेत NAQ लाई यस्तै माया गर्नुहुनेछ ।
सबैको जय होस् !! जय देश ! जय नेपाल !! ??????
(सबै क्लबहरूको फोटो लिन नसकिएकाले माफी चाहन्छौं)
NAQ खेल संयोजक
नवराज भन्डारी



